Rule 22D
समुदायद्वारा सञ्चालित विद्यालय जिम्मा लिने स्थानीय निकायको काम, कर्तव्य र अधिकार
समुदायद्वारा सञ्चालित विद्यालयको व्यवस्थापन जिम्मा लिने स्थानीय निकायको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विद्यालयका भौतिक पूर्वाधार विकास तथा सञ्चालन गर्न व्यवस्थापन समितिलाई आर्थिक सहायता उपलब्ध गराउने,
(ख) समय समयमा विद्यालयको निरीक्षण तथा अनुगमन गर्ने र त्यसरी निरीक्षण तथा अनुगमन गर्दा कुनै कमी कमजोरी देखिएमा सोको निराकरणको लागि व्यवस्थापन समितिलाई आवश्यक निर्देशन वा सुझाव दिने,
(ग) व्यवस्थापन समितिको सिफारिसमा आवश्यकता अनुसार सामुदायिक शिक्षक बाहेकका अन्य शिक्षक तथा कर्मचारीको दरबन्दी स्वीकृति गर्ने,
(घ) आफूले जिम्मा लिएको विद्यालयहरुमा प्राथमिक तहमा विद्यार्थी संख्याको आधारमा र अन्य तहमा विद्यार्थी संख्या र विषयका आधारमा शिक्षकको दरबन्दी मिलान गर्ने,
(ङ) आवधिक शैक्षिक कार्यक्रम तयार गरी लागू गर्ने,
(च) विद्यालयको सुधार गर्न आवश्यकता अनुसार विशेषज्ञ नियुक्ति गर्ने ।
(छ) विद्यालय सञ्चालन सम्बन्धमा मन्त्रालय, विभाग, निर्देशनालय वा जिल्ला शिक्षा कार्यालयले दिएको निर्देशन वा सुझाव पालन गर्ने, गराउने,